Wednesday, February 13, 2013

Valentine Day and My Experience

Mr. Bishwo Prakash Pokharel


सवैतिर भ्यालेन्टाइन डे को लहर निक्कै मौलाइरहेको छ । तथाकथित सिंगल भनौदा योङ्ग जेनेरेसनका केटाकेटीहरु कहिले Feb 14 आउला र पर्पोज गरौँला वा गर्लान भनेर कुर्दै होलान्, होलान् मात्र किन छन् नै । यो भ्यालेनटाइन डे को कुरा कहाँबाट कसरी सुरु भयो यसप्रति म अलिक अनविज्ञ छु । 

सानैमा गाउँको स्कुलमा पढियो, आफु त फुच्चे मान्छे, सँगैका साथिहरु सवै ठूला ठूला हुन्थे, सवैले फुच्चे भनेर जिस्क्याउथे र त्यहिमाथि पनि मेरो वुवाले पढाउने स्कुल र म पढेको स्कुल एउटै थियो, त्यसैले पनि सरको छोरो भनेर सवैले अर्कै हिसावले हेर्थे र साथीहरु प्राय नजिक आउन अलिक डराउथे ।  कलामा भन्नुपर्दा सानु छँदा मलाई कुनै गेम खेल्न पनि आएन खेल्न त अलिअलि खेलिन्थ्यो तर कुनैपनि प्रतियोगिता मा भाग लिइएन । फुच्चेहरुलाई अलिक कम वास्ता गर्दारैछन् ठूला भनाउदाहरु त्यसैले न त भलिवलमा च्याम्पियन बन्न सकियो, न त फुटवलमा च्याम्पियन बनियो, न त गुच्चा खेल्न नै आयो, न त तास खेल्न नै आयो, टि.टी, वास्केटवल भन्ने त गाउँमा सुन्नै पाइएन अनि कसरी म प्रति इम्प्रेस हुन्थे केटीहरु र पट्टिन्थे । हुन त क्लासका साथिहरुको लभको चर्चा नसुनेको होइन, केटा साथीसँग केटी साथीको घरमा जन्मदिन मनाउन पनि नगएको होइन तर म अलिक लज्जालु स्वभावको भएको कारण केटाहरु जन्मदिन मनाउन जान्थे तर म बाटोमा नै कुरेर बसिरहन्थेँ अनि उनिहरु फर्किएपछि सँगै फर्कन्थेँ । एक दिनको कुरा हो, १० कक्षामा पढ्दा एउटा अत्यन्त मिल्ने साथिको गर्लफ्रेण्डको वर्थडेमा घरबाट वुवाममिलाई खाना खान नआउने जानकारी गराएर गिफ्टहरु किनेर गएको थिएँ पछि बाटोमा जाँदा जादै केटीको घरनजिक पुग्ने वेलामा अति लाज लाग्यो र गइन तर अरु साथिहरु गए । मलाई पछि लिन पनि आए तर म गइन । निक्कैवेर वाटोमा उनिहरुलाई कुरेर बसेँ र सँगै फर्किएर घरमा भोकभोकै सुतेको उदाहरण पनि छ । पछि विस्तारै साथिहरुको चहलपहल देखेर वा साँच्चै भन्नुपर्दा जव म कलेज पढ्न थालेँ अनि बल्ल भ्यालेनटाइन डे को वारेमा विस्तृत जानकारी मिल्यो, त्यसको महिमा बुझियो । महिमा वुझेर के गर्नु आफुलाई न कुनै केटी मन प¥यो, न कुनैले मन पराए नै । मैले थाहा पाउने भएदेखिका सवै भ्यालेन्टाइन डे हरु अरु दिनझैँ सामान्य नै रह्यो र मेरो लागि भ्यालेन्टाइन डे व्यर्थ नै भयो । साथिहरुको लहै लहैमा लागेर कुनै दिन कार्ड पनि किनिएकै हो तर प्रापक नै भेटिएर त्यसलाई प्रेसित गर्ने, कहिल्यै हिम्मत नै जुटेन त्यसैले मेरो कार्ड पाउने सौभाग्य कसैले पाएन । 

साथिहरुले ख्यालठट्टामा धेरैको नाम हरु जोडे, म धेरैको भएँहोला तर मेरो कोही भएनन् । कतिले मलाई दावी गरे होलान तर मैले आजसम्म कसैलाई मेरी भनेर दावी गरीन् र कहिले कहिले त भन्ने गर्छु i have laminated my heart. लभ नपरेको भन्दै धेरै साथिहरुको हाँसोको पात्र पनि भइयो, कैयौँ प्रोगामहरुमा सहभागीता जनाउनु व्यार्थमात्र भए, कैयौँमा पछि हुनसक्ने सम्भावित विल्लालाई ख्याल गर्दै गइएन पनि । प्रत्येक वर्ष भ्यालेन्टाइन डे आयो, फिंगर क्रसको निरन्तरता दोहोरिइनै गह्यो । कुनै केटीले गुपचुप मन पराइराखेका छन् कि.....फ्याट्ट भ्यालेन्टाइनमा प्रपोज गरिपो हाल्छन कि भन्ने आश कायम नै रहिरह्यो । आस गर्नु भर नपर्नु भन्ने उखान सँधै दिमागमा घुमिरह्यो । 

No comments:

Post a Comment